Pages

Wednesday, March 13, 2013

प्रधानन्यायाधीशलाई राजीनामा गराउन कांग्रेस नेतृत्वमाथि दबाब


काठमाडौ, फागुन ३० – नेपाली कांग्रेसका १७ जना केन्द्रीय सदस्यले राजीनामा गराएर मात्रै प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नेतृत्वलाई दबाब दिएका छन् ।
कांग्रेस सहित प्रमुख चार दलबीच प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने अन्तिम तयारी भैरहँदा कांग्रेस नेताहरुले पार्टी नेतृत्वलाइ यस्तो दबाब दिएका हुन् ।
उनीहरुले कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक बसेर नयाँ बानेश्वर पुगी सभापति सुशील कोइरालालाई आफ्नो माग पत्र बुझाएका छन् । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाए शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने भएकोले राजीनामा गराउनुपर्ने केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले पहिलो प्राथमिकता दलभित्रैबाट खोज्न र बाध्यकारी अवस्थामा प्रधानन्यायाधीशलाई बनाउनु पर्ने भए राजीनामा गराएर मात्रै नेतृत्व दिन सभापतिलाई निर्णय सहितको ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो ।

Saturday, April 2, 2011

photoes